त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोह तोकियो
त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोह पुस २ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी दिएको छ ।
समारोहमा सहभागी हुने विद्यार्थीहरु आआफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरेर सो दिन बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्नुपर्ने छ ।
त्यस्तै, विद्यावारिधि र दीक्षान्त पदक÷पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरु सबैभन्दा अगाडिको रो र आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्ने सूचनामा जनाइएको छ ।
टिप्पणीहरू