प्रधानमन्त्रीद्वारा ‘कसैले बस्न नपरोस् सडकमा’ अभियान समापन

प्रधानमन्त्रीद्वारा ‘कसैले बस्न नपरोस् सडकमा’ अभियान समापन
सुन्नुहोस्

सडक मानवमुक्त राष्ट्रव्यापी उद्धार अभियानअन्तर्गत डेढ महिना लामो ‘मेची–महाकाली यात्रा’ आज औपचारिकरुपमा समापन गरिएको छ । 

राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा यात्रा समापन भएको घोषणा गरिएको हो । समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, पोखरा महानगरका मेयर धनराज आचार्यलगायत उपस्थित थिए । 

मानव सेवा आश्रमले ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नाराका साथ गत असोज २६ गते पूर्व मेची पुलबाट शुरु गरेको यात्रा मंसिर २ गतेसम्म चलेको थियो । मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियानअन्तर्गत सम्पन्न सो यात्राका क्रममा देशका विभिन्न शहरमा रहेका सडकआश्रित मानवको उद्धार गरिएको थियो ।

टिप्पणीहरू