गृह मन्त्रालय सुधार्ने जिम्मा लीलामणिलाई, भूतपूर्व सचिव र आइजीपीहरुले सघाउने

गृह मन्त्रालय सुधार्ने जिम्मा लीलामणिलाई, भूतपूर्व सचिव र आइजीपीहरुले सघाउने

गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न अध्ययन समिति बनाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुभएको छ ।

समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतमलाई राखिएको छ ।

मन्त्रालयको नीति तथा योजना महाशाखाका सहसचिवलाई सदस्य सचिव बनाइएको छ । समितिले आगामी ९० दिनभित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचयपत्र वितरणको काम र त्यसको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने बताइएको छ । 

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अध्यागमन व्यस्थापन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ । जसमा पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजकत्वमा छ सदस्यीय उपसमिति गठन भएको हो ।

सदस्यहरुमा कानुन, न्याय, सरकारी वकिल समूहबाट सेव निवृत्त सहसचिव, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी, पूर्व सहसचिव वसन्तराज गौतम, सुरक्षा विषयमा अध्यापन गर्ने एक जना प्राध्यापक वा विज्ञ छन् । नेपाल प्रहरीका प्रहरी उपरीक्षक सदस्य सचिव तोकिएको छ ।

टिप्पणीहरू