रुकुम र इलाम दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो

रुकुम र इलाम दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो
सुन्नुहोस्

रुकुम पश्चिममा आज बिहान भएको जिप दुर्घनामा दुई जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षका बालक प्रतिक बुढाको अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको बताइएको छ ।

घाइते अन्य पाँच जनाको अवस्था पनि चिन्ताजनक रहेकाले काठमाडौं ल्याउन लागिएको छ । चौरजहारीबाट सदरमुकाम खलङ्गा जाँदै गरेको  लु.१ ज २२९७ नम्बरको जिप दुर्घनामा परेको हो । जिपमा २२ जना सवार थिए ।

उता इलाममा हिजो भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानीकी ३५ वर्षीया मनवती लामा र ६० वर्षीया शान्तमाया तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

१२ वर्षीय अर्पण लामाको हिजै घटनास्थलमा मृत्यु भएको थियो । धनुषाबाट इलाम घुम्न गएकाहरु फर्कने क्रममा ना ६ ख ८४२४ नम्बरको बस दुर्घटनमा परेको हो । बसमा चालकसहित ३७ जना सवार रहेको बताइन्छ । उपचाररत दुई जना घाइतेको अवस्था गम्भीर छ ।

टिप्पणीहरू