काठमाडौँमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

काठमाडौँमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

काठमाडौंको भृकुटीमण्डपमा ‘दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी, २०२३’ हुने भएको छ । पाँच वर्षपछि नेपालमा पुस्तक प्रदर्शनीको आयोजना गर्न लागिएको हो । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीलाई चाइना इन्टरनेशनल बुक ट्रेडिङ कर्पोरेशन र करेन्ट पब्लिकेशन प्रालिले सहयोग गरेको छ । 

भोलिदेखि मंसिर ९ गतेसम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत, चीन, श्रीलंका, बंगलादेशका प्रकाशकहरुले सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ । त्यस्तै, पठन संस्कृति, पुस्तक, पुस्तकालय, साहित्यलगायत विभिन्न विषयहरुमा विज्ञहरुसँग छलफल पनि गरिनेछ ।

दक्षिण एसियाभरका पुस्तक, साहित्य र शैक्षिक अनुसन्धानका सामग्रीहरु प्रदर्शनीमा राखिने जनाइएको छ । सामान्य पाठक, प्रकाशक र लेखकलाई एकै ठाउँमा भेला गर्ने लक्ष्यसहित प्रदर्शनी गर्न लागिएको आयोजकको भनाई छ ।

टिप्पणीहरू