प्रधानमन्त्री र एमाले अध्यक्षबीच सिंहदरबारमा संवाद

प्रधानमन्त्री र एमाले अध्यक्षबीच सिंहदरबारमा संवाद
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीले बोलाएपछि ओली सिंहदरबार पुग्नुभएको बताइएको छ ।

भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणलगायत अन्य समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।   

खासगरी शान्ति प्रक्रियाका विषयमा संयुक्त राष्ट्रसंघका महासचिवसँग कुराकानी हुँदा सबै राजनीतिक पार्टीहरुबीच समान धारणा बनाउने प्रयासस्वरूप प्रधानमन्त्रीले प्रमुख विपक्षी दलका नेतासँग भेट गर्नुभएको हो ।

टिप्पणीहरू