भलिबल खेलाडीले मध्यराति जंगलमा पासो लगाए

भलिबल खेलाडीले मध्यराति जंगलमा पासो लगाए
सुन्नुहोस्

धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठले आत्महत्या गरेका छन् । उनले गएराती घर नजिकैको जंगलमा पाँसो लगाएर प्राण फालेका हुन् ।

अघिल्लो दिनमात्रै मनोजले नलाङ खिर्रेमा जारी जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल प्रतियोगिता खेलेका थिए । खेल सकेर टीमसहित सलाङ बस्न गएका उनी विहान नजिकै जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ । 

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताव तामाङले मनोजको मृत्यु भएको पुष्टि गर्दै सामाजिक संञ्जालमा खेलेका छन्, ‘आज धादिङ भलिबल क्षेत्रको कालो दिन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं । तिमीले गलत निर्णय गर्यौ मनोज भाइ । हार्दिक श्रद्धाञ्जली । अलबिदा ।’

भलिवलका दर्जनौं प्रतियोगितामा भाग लिईसकेका मनोज धादिङमा लोकप्रिय खेलाडीका रुपमा चिनिन्छन् ।
 

टिप्पणीहरू