हिमाल जोगाउन मुस्ताङलाई ५० करोड दिने प्रधानमन्त्रीको घोषणा

हिमाल जोगाउन मुस्ताङलाई ५० करोड दिने प्रधानमन्त्रीको घोषणा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र नभएर सिंगो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे आफूले गम्भीर रूपमा विषय राखेको पनि सोक्रममा जानकारी दिनुभयो ।

‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें’, प्रधानमन्त्रीले भन्नुभयो, ’मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’

हिमालको संरक्षण गर्न नसके विकसित भनिएका मुलुकहरू समेत सुरक्षित नरहने प्रधानमन्त्रीको भनाई छ । त्यसकारण जलवायु परिवर्तनको मुद्दा विश्वको साझा मुद्दा बनेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’

जलवायु संरक्षणवापत नेपालले अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाा मुस्ताङ जिल्लामा पठाउने पनि प्रधानमन्त्रीले सोक्रममा घोषणा गर्नुभएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत जोमसोम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले कोरोला नाकाको स्थलगत अवलोकन, बढी प्रभावित कागबेनीको निरीक्षण गर्नुका साथै पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

टिप्पणीहरू