इजरायल आक्रमणमा १२ नेपालीको अवस्था अज्ञात : परराष्ट्रमन्त्री
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणपछि १२ नेपालीको अवस्था अझै अज्ञात रहेको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसद बैठकमा बोल्दै इजरायली ती सबै सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालका विद्यार्थी हुन् ।
आक्रमणमा दुई जना घाइते भएका र तीन जना सकुशल रहेको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अज्ञात सबैको खोजीका लागि नेपाल सरकारले आफ्ना सबै कूटनीतिक सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताइएको छ । उनीहरुको उद्धार व्यवस्थापनका लागि परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्यव संयन्त्र स्थापना भएको जानकारी दिइएको छ ।
इजरायलमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् । तीमध्ये ३६५ जना कृषि क्षेत्रका विद्यार्थी हुन् ।
टिप्पणीहरू