इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न राजदूतलाई मन्त्रालय बोलाइयो
परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गर्नुभएको छ ।
राजदूत गोडरलाई आज मन्त्रालयमा बोलाएर परराष्ट्रमन्त्रीले इजरायलमा भएको हमास आक्रमण र नेपालीको सुरक्षाका विषयमा कुराकानी गर्नुभएको हो । त्यसक्रममा इजरायलको हालको अवस्था, त्यहाँ रहेका नेपालीको सुरक्षा र आक्रमणमा परेका नेपालीको उपचार तथा उद्धारबारे मन्त्री साउदले चासो राखेको बताइएको छ ।
जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा मिसाइल आक्रमण गरेपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण छ ।
टिप्पणीहरू