गृहमन्त्री वीर अस्पताल पुगेर फर्कनुभयो

गृहमन्त्री वीर अस्पताल पुगेर फर्कनुभयो
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीर अस्पतालमा भर्ना भएका नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझेर फर्कनुभएको छ । 

केही दिनअघि पार्टी काममा जाँदा अछाममा अचेत भएपछि नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका सचिव आचार्यको स्वास्थ्य अवस्था बुझ्न उहाँ वीर अस्पताल जानुभएको हो । 

आचार्य पार्टीको तीन महिने विशेष रूपान्तरण अभियानको क्रममा अछाम पुगेपछि बिरामी भएका थिए । उनलाई हेलिकोप्टरमा नेपालगञ्ज हुँदै काठमाडौं ल्याएपछि वीर अस्पतालमा भर्ना गरिएको छ ।

हाल ४ नम्बर क्याबिनमा राखेर इमर्जेन्सी उपचार गरिएका आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर मन्त्री श्रेष्ठ केहीबेर अघि अस्पतालबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू