एमसिसी टोली आइपुग्यो काठमाडौँ
अमेरिकी सहयोग परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।
टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै एकछिनअगाडि पौने ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको हो । टोलीमा अल्ब्राइटसँगै एमसिसीका सार्वजनिक मामिला हेर्ने उपप्रमुख अयास हाउस,युरोप, एसिया,र ल्याटिन अमेरिका हेर्ने सहायक उपप्रमुख जोनाथन ब्रुक्स,सिइओ कार्यालयका विशेष सल्लाहकार सिर्रा रोथार्मिक र सम्झौता कार्यान्वयन विभागकी सहनिर्देशक मोनिका चाभेज छन् ।
टोलीलाई नेपालस्थित एमसिसीका कन्ट्री डाइरेक्टर डेन फर्नासिसको र सहायक डाइरेक्टर सन्जय पौडेलले विमानस्थलमा स्वागत गरेका छन् ।
सन २०१७ मै हस्ताक्षर भएको र करिब ५० करोड डलरको अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता सँसदबाट पास गराउन हम्मेहम्मे परेको थियो । त्यसैको कार्यान्वयनको ग्यारेण्टीका लागि त्यसयता एकपछि अर्को विशेष प्रतिनिधि काठमाडौँ ओर्लिरहेको अवस्था छ ।
टिप्पणीहरू