च्यासलमा ८४ प्रतिशत भोट खस्यो,नेता छान्न मतदान धमाधम

बाग्मती प्रदेशको नयाँ नेतृत्व चयनका लागि एमाले मुख्यालय च्यासलमा अहिले मतदान जारी छ । साँझ साढे ७ बजेसम्ममा ८४ प्रतिशत मत खसेको जनाइएको छ ।
जम्मा ११ सय ६७ मतदाता रहेकोमा अहिलेसम्म ९८६ जनाले भोट हालिसकेको निर्वाचन समितिले जनाएको छ । मतदान दिउँसो साढे १ बजेदेखि शुरु भएको हो । विधुतीय प्रणालीबाट भएको मतदानको परिणाम आजै सार्वजनिक गर्ने तयारी छ ।
त्यसअघि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन मुताबिक सबै पदमा सहमति खोज्न गरिएको प्रयास अफसल हुँदा चुनावबाटै नेतृत्व छिनोफानो गर्न लागिएको हो । अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल प्यानलसहित प्रतिष्पर्धामा छन् ।
सचिवमा नवराज सिलवाल र हस्त पण्डित मैदानमा उत्रिएका छन् । सिलवाल दाहाल पक्षको र ढुंगेल पण्डित पक्षले अघि सारेका उम्मेदवार हुन् ।
टिप्पणीहरू