भारतीय दूतावासले सामाजिक सञ्जाल रंगाउने,बेइजिङमा नेपाली अधिकारीहरु हात कमाउने
चीनको साताव्यापी भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा एक दर्जन सम्झौता र समझदारी भएको छ । तीमध्ये ११ वटा सम्झौता र एउटा समझदारी भएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लिबीचको भेटवार्तापछि बेइजिङमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्री दाहाल अस्ति बिहान हाङ्चौ पुगेपछि काठमाडौंस्थित भारतीय दूतावासले प्रधानमन्त्रीले गत जेठमा गर्नुभएको भारत भ्रमणको स्मरण गराउँदै ट्वीट गरेको छ ।
यता,आज मध्यान्ह चीनसँग १२ बुँदे सम्झौता र समझदारी हुँदा निकै चर्चा पाएका बिआरआई र दुई देशबीचको विद्युत प्रसारण लाइनबारे केही उल्लेख छैन । कृषि, पूर्वाधार,शिक्षालगायत क्षेत्रमा १२ वटा सम्झौता भएको छ ।
लैनचौरस्थित भारतीय दूतावासले प्रधानमन्त्रीको चीन भ्रमण शुरु भएपछि सामाजिक सञ्जालमा गरेको लगातारको एकतर्फी प्रचारले बेइजिङ पुगेका यहाँका सरकारी अधिकारीहरुलाई मनोवैज्ञानिक दबाबमा राख्न सक्दो प्रयास गरेको सजिलैसँग बुझ्न सकिन्छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई परियोजना अघि बढाउने र दुई मुलुकबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने नेपालको केही समय अघिदेखिको तयारीलाई लक्षित गरेर छिमेकीको दूतावासले उक्त प्रचार गरेको माओवादीकै एकथरी नेताहरुको बुझाई छ ।
टिप्पणीहरू