पूर्व परराष्ट्रमन्त्री भारतबाट आगमन,परराष्ट्रमन्त्री पत्नी बेइजिङ प्रस्थान

पूर्व परराष्ट्रमन्त्री भारतबाट आगमन,परराष्ट्रमन्त्री पत्नी बेइजिङ प्रस्थान

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली भारतबाट फर्कनुभएको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवाली हिजो राति नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको बताइएको छ । 

उहाँ एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो । 

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउदकी श्रीमती मध्यरात चीनतर्फ प्रस्थान गरेकी छन् । ज्योत्सना अधिकारी चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा राति १२ बजे काठमाडौंबाट ग्वाङझौ हुँदै बेइजिङ गएकी हुन् ।

सोही उडानमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलसहित छ जनाको टोली त्यता गएको हो ।
 

टिप्पणीहरू