हाङ्चौ एसियाडको उद्घाटन समारोहमा कुन कुन देशका भिआइपी ?

हाङ्चौ एसियाडको उद्घाटन समारोहमा कुन कुन देशका भिआइपी ?

चीनको हाङ्चौ शहरमा १९ औं एसियाली खेलकुदको उद्घाटन हिजो साँझ भव्य समारोहबीच सम्पन्न भएको छ । समारोहमा उच्चस्तरीय सूचना प्रविधिको अधिकतमम प्रयोग गरिएको थियो । 

चीनका राष्ट्रपति सि जिनपिङको उपस्थितिलगत्तै चीनको राष्ट्रिय झण्डा फहराइएको र उसको राष्ट्रिय गानलगत्तै  सहभागी मुलुकहरुको मार्च पास गराइएको थियो ।

एसियाका ४५ मुलुक तथा क्षेत्रको सहभागिता रहेको प्रतियोगिता उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुहुन्थ्यो । अन्य विभिन्न मुलुकका राष्ट्र प्रमुख,सरकार प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिति थियो । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार विदेशी पाहुना गत बिहीबारदेखि हिजो बिहानसम्म हाङ्चौ पुगिसकेका छन् । जसमा कुवेतका राजकुमार शेख मिसाल अल अहमद अल जाबेर अल सवाह, सिरियाका राष्ट्रपति बसर अल असद,टिमोर लेस्टेका प्रधानमन्त्री सनाना गुसमाओ, कम्बोडियाका राजा नरोद्दम सिहामोनी छन् ।

त्यसैगरी मलेसियाको संसदका सभामुख जोहारी विन अब्दुल, कोरियाका प्रधानमन्त्री हान डक सु पनि हिजोको उद्घाटन समारोहमा देखिन्थे ।

टिप्पणीहरू