नेपाल अबदेखि बायो डाइभर्सिटी बियोण्ड नेसनल जुरिडिक्सन पक्षधर मुलुक
नेपालले बायो डाइभर्सिटी बियोण्ड नेसनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको पूर्वसन्ध्यामा न्युयोर्कमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
राष्ट्रसंघको मुख्यालयमा नेपालको तर्फबाट मन्त्री एन पी साउदले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । अतिकम विकसित मुलुकहरुमध्ये उक्त सम्झौतामा हस्ताक्षर गर्ने नेपाल पनि एक हो ।
सन् २०३० सम्ममा लागू गरिसकिने यो सम्झौतामा पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणा छ । विश्वका मुलुकलाई यहि सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म सम्झौतमा हस्ताक्षर गर्ने समय सीमा दिइएको छ ।
टिप्पणीहरू