यी हुन् प्रधानमन्त्रीसँगै अमेरिका जाने सात जना

यी हुन् प्रधानमन्त्रीसँगै अमेरिका जाने सात जना
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साँझ ६ बजे अमेरिकातर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्र संघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा भएर न्युयोर्क जान लाग्नुभएको हो ।

काठमाडौंबाट दोहासम्म कतार एअरवेज र दोहाबाट न्युयोर्कसम्म अमेरिकन एअरलाइन्सको उडानमा नेपाली प्रधानमन्त्री नेतृत्वको टोली जाने उडान तालिका छ । जसमा प्रधानमन्त्रीकी सुपुत्री गंगा दाहाल, परराष्ट्र मन्त्रालयका तीन जना अधिकारी,दुई जना सुरक्षा अधिकृत र एक जना राष्ट्रिय समाचार समितिका फोटोग्राफर रहेको बताइएको छ । 

प्राप्त विवरणमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल,चिफ अफ प्रोटोकोल दिलिपकुमार पौडेल, प्रोटोकल अधिकृत उत्तमप्रसाद न्यौपाने प्रधानमन्त्रीसँगै अमेरिका जान लागेका छन् । त्यसैगरी लेफ्टिनेन्ट कर्नेल निरज भण्डारी, डिएसपी सिद्धराज न्यौपाने र फोटोग्राफर प्रदीपराज वन्त पनि सोही उडानमा रहने परराष्ट्र मन्त्रालयको प्रोटोकल अफिसले विमानस्थल कार्यालयलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

राष्ट्र संघको कार्यक्रमपछि प्रधानमन्त्री अमेरिकाबाट असोज ४ गते सोझै चीन जानुहुनेछ । असोज ५ गतेदेखि उहाँले चीनको औपचारिक भ्रमण थाल्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू