काठमाडौंमा दोस्रो चरणको खोप अभियान शुरु

काठमाडौंमा दोस्रो चरणको खोप अभियान शुरु

काठमाडौंमा बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोपको दोस्रो चरणको अभियान सञ्चालन गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले १२ वर्षमाथिका बालबालिकाका लागि खोप अभियान शुरु गरेको हो । आजदेखि आगामी भद्रौ ३० गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ । 

अभियानमा बालबालिकालाई फाइजर खोप लगाइनेछ । महानगरपालिका र नगरपालिकाहरुले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरुमा खोप लगाइने स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ । 

साथै, सबै नगर अस्पतालहरुबाट पनि उक्त खोप लगाउन सकिनेछ । कार्यालयले खोप लगाउन जाँदा खोप कार्ड साथमा हुनुपर्नेसमेत जानकारी गराएको छ ।

टिप्पणीहरू