एमसिसी भाइस प्रेसिडेन्टलाई पशुपतिमा उच्च सुरक्षा

एमसिसी भाइस प्रेसिडेन्टलाई पशुपतिमा उच्च सुरक्षा
सुन्नुहोस्

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) आयोजनाको गत बुधबारदेखि कार्यान्वयन प्रारम्भ भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका भाइस प्रेसिडेन्ट भाक्यामेरोन अल्फोर्डले एमसीसी कार्यान्वयन पत्र आदानप्रदान गरेर परियोजना शुभारम्भको घोषणा गरेका थिए । 

पाँच वर्ष अवधिको उक्त परियोजना कार्यान्वयनको घोषणा, उच्च तहको राजनीतिक भेटघाटपछि एमसीसी कर्पोरेसनका भाइस प्रेसिडेन्ट क्यामरुन एस अलफोर्ड शुक्रबार राति स्वदेश फर्किसकेका छन् । 

उनै क्यामरुन काठमाडौंमा रहँदा पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेका थिए । उच्च सुरक्षा घेरामा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनलगायत अमेरिकी दूतावासका अधिकारीहरु पनि क्यामरुनसँगै त्यहाँ गएका हुन् ।

साँझको आरतीको समयमा त्यहाँ पुगेको अमेरिकी टोलीले आर्यघाट र  भष्मेश्वरको बीचमा रहेको पुलमा उभिएर फोटो खिचेको थियो । सर्वसाधारण र भक्तजनको घुईंचो भएको बेलामा एमसीसी टोली पशुपतिनाथ मन्दिर नजिकै पुगेको हो ।
 

टिप्पणीहरू