पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
सुन्नुहोस्

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा केही असहज भएपछि उनी शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ ।

पारसलाई भेट्न उनका बाबु पूर्वराजा ज्ञानेन्द्र शाह, आमा कोमल र श्रीमती हिमानी शाह अस्पताल पुगेका छन् ।

टिप्पणीहरू