इजिप्टको आकाशमा एक दर्जन भारतीय लडाकु विमान

इजिप्टको आकाशमा एक दर्जन भारतीय लडाकु विमान

भारतीय लडाकु विमानहरु इजिप्टको राजधानी कायरो नजिकैको हवाई अखडामा पुगेका छन् । ती विमान हिजोदेखि शुरु भएको एक्सरसाइज ब्राइट स्टार २०२३ मा सहभागी हुन त्यता गएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

एक्सरसाइज ब्राइट स्टार २०२३ मध्यपूर्वको सबैभन्दा ठूलो सैन्य अभ्यास हो । अमेरिका, ग्रिस, साउदी अरेबिया, कतार, भारत र आयोजक राष्ट्र इजिप्टलगायत विश्वका ३४ मुलुकका सैनिकले अभ्यासमा भाग लिइरहेका छन् । 

भारतीय वायु सेनाले ११ दिन लामो उक्त अभ्यासमा विभिन्न हतियार र विमानसहित १५० जना सैनिकलाई सहभागी गराएको छ । जसमा पाँच वटा मिग २९, दुई वटा आइएल ७८, दुई वटा सी १३०, दुई वटा सी १७ भारतीय वायुसेनाको विमान उडाइएको छ ।

टिप्पणीहरू