सिंहदरबारमा शपथग्रहणको तयारी

सिंहदरबारमा शपथग्रहणको तयारी
सुन्नुहोस्

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरुलाई शपथग्रहणको तयारी गरिएको छ । उनीहरु आजै निर्विरोध निर्वाचित भएका हुन् । सभापतिहरूको संसद सचिवालयमा शपथको तयारी भइरहेको छ ।

निर्वाचित सभापतिहरुमा सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाह हुन् ।

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र डा.आरजु राणा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा छानिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्वाचित भएका हुन् ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान निर्विरोध निर्वाचित भएका हुन् ।

टिप्पणीहरू