चीन भ्रमणपछि उपराष्ट्रपतिको स्वदेश आगमन

चीन भ्रमणपछि उपराष्ट्रपतिको स्वदेश आगमन

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीनको साताव्यापी भ्रमण पूरा गरेर स्वदेश आइपुग्नुभएको छ । उहाँ सवार चाइना इष्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९६१७ मा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा आयोजित चीन–दक्षिण एसिया सातौं एक्सपोमा विशेष अतिथि रहनुभएका उपराष्ट्रपतिसँगै धर्मपत्नी चम्पादेवी यादव पनि स्वदेश आइपुग्नुभएको छ । 

आज स्वदेश फिर्ता भएकाहरुमा उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक डा. शिवजी विक्रम सिलवाल, परराष्ट्र मन्त्रालयका उपसचिव पारस पण्डित, शत्रुघ्न यादव, सुरक्षा अधिकृतहरुमा एडिसी मेजर रत्नबहादुर श्रेष्ठ, क्याप्टेन भीमसेन देवकोटा हुन् । 

टोलीमा गएका अन्य चार जना यसअघि नै काठमाडौं आएको बताइन्छ ।
 

टिप्पणीहरू