नर्भिकमा थपिए तीन अनुभवी चिकित्सक

नर्भिकमा थपिए तीन अनुभवी चिकित्सक

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई भित्र्याएको छ । अस्पतालले एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र एक जना कार्डियोलोजिष्ट थपेको जनाएको छ । 

नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढ्दो छ । सोही क्रममा अस्पतालले कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. पराग कार्कीलाई ल्याएको हो ।

डा. आचार्यले नर्भिकमा हरेक आइतबारदेखि शुक्रबारसम्म बिहान साढे ७ बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्ने छन् । त्यस्तै, डा. कार्कीको पनि प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान साढे ७ बजेदेखि पौने ९ बजेसम्म अस्पतालको ओपिडी सेवामा बस्नेछन् ।

डा. भण्डारीे आइतबारदेखि शुक्रबारसम्म बिहान पौने ८ बजेदेखि पौने ९ बजेसम्मको ओपिडी सेवामा उपलब्ध हुनेछन् । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नयाँ तीन चिकित्सकको आगमनले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह अभियानमा सहयोग पुग्ने छ ।

टिप्पणीहरू