तीज नृत्य प्रतियोगिता, विवाहित पहिलो योग्यता

तीज नृत्य प्रतियोगिता, विवाहित पहिलो योग्यता
सुन्नुहोस्

विवाहित महिलाहरुलाई लक्षित गरी काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तीज प्रतियोगिताको आयोजना गर्न लागिएको छ । वडा नम्बर ६ कार्यालयको सूचनामा शिखर छहारी सांस्कृतिक कला केन्द्रले ‘पाँचौं उपत्यकाव्यापी विवाहित महिलाहरुको समूहगत तिज नृत्य प्रतियोगिता–२०८०’ को आयोजना गर्न लागेको जनाइएको छ ।  

प्रतियोगिताको मूल नारा ‘जो नाच्छ, ऊ बढी बाँच्छ’ राखिएको छ । कार्यालयले प्रतियोगितामा सहभागी हुन इच्छुक समूहलाई सात दिनको समय दिएको छ । 

‘पाँचौं उपत्यकाव्यापी विवाहित महिलाहरुको समूहगत तिज नृत्य प्रतियोगिता–२०८० को आयोजना गर्न लागेको हुँदा यस वडाको प्रतिनिधित्व गर्दै उक्त कार्यक्रममा सहभागी हुन इच्छुक समूहले सात दिनभित्र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ’, वडाले भनेको छ ।

टिप्पणीहरू