व्यवसायीले प्रधानमन्त्री भेटे बैंकरले अर्थमन्त्री, सन्दर्भ अर्थतन्त्रकाे गति

व्यवसायीले प्रधानमन्त्री भेटे बैंकरले अर्थमन्त्री, सन्दर्भ अर्थतन्त्रकाे गति
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रका उद्यमीहरुको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संघ संस्थका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपपरिषद कार्यालयमा भेट गर्नुभएको हो ।

अर्थतन्त्रमा अपेक्षित सुधार ल्याउन सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थाल्ने क्रममा आज व्यवसायीहरुसँग भेटवार्ता गरिएको बताइएको छ । 

सो क्रममा उनीहरुले प्रधानमन्त्रीलाई अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको खस्केको मनोबल उकास्न आग्रह गरेका छन् । भनिएको छ, ‘सर्वसाधारणको आत्मविश्वास घटेको छ । व्यवसायीको मनोबल गुमेको छ । सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसक्दा यो समस्या आएको हो ।’  

सबैभन्दा पहिलो कार्यको रुपमा सरकार र सम्बन्धित निकायले सेयर लगानीकर्ताको मनोबल बढाउन जोखिम भार कम गरी १२ करोडको विद्यमान सीमा हटाउनुपर्ने, स्थानीय तहको बजेट रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थालाई पुनर्बहाली गर्नुपर्ने, आन्तरिक विप्रेषण कारोबार गर्न पाउनुपर्नेलगायत मागसमेत उनीहरुले प्रधानमन्त्रीसमक्ष राखेका छन् । 

यसबारे अर्थमन्त्रालयमा पनि हिजो छलफल भएको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको छलफलमा नगद तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नु र अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले गर्नसक्ने सहयोगबारे चर्चा भएको थियो ।

टिप्पणीहरू