माओवादी विद्यार्थीले काँडेतार देखाउने

माओवादी विद्यार्थीले काँडेतार देखाउने

सत्तारुढ माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को आयोजनामा नेपाली कथानक चलचित्र काँडेतारको विशेष प्रदर्शनी गरिने भएको छ ।

क्रान्तिकारीले समाजवादी छात्रवृत्ति कोष स्थापनाका लागि सहयोगार्थ चलचित्र देखाउन लागेको बताइएको छ । आगामी भदौ २३ गते चलचित्र विकास बोर्डको हलमा विशेष प्रदर्शनीको तयारी गरिएको छ । 

निर्माता तथा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र काँडेतारमा देशभक्ति र सीमा समस्याका बारेमा जागरण ल्याउने कथा समेटिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू