कांग्रेसले भन्यो- सुन तस्करीको अनुसन्धान सीआइबीले गरिरहेकाले अर्को समिति चाहिंदैन
सत्ता साझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिनसम्म बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी बनाउन र गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्याउनुपर्ने बैठकले निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
साथै, बैठकले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको पनि उनले बताए ।
टिप्पणीहरू