भदौ १ गतेबाट बाग्मतीका सरकारी अस्पतालमा बेड नि:शुल्क, पुनर्वास र फिजियोथेरापी सेवा पनि सित्तैमा

भदौ १ गतेबाट बाग्मतीका सरकारी अस्पतालमा बेड नि:शुल्क, पुनर्वास र फिजियोथेरापी सेवा पनि सित्तैमा
सुन्नुहोस्

बागमती प्रदेश सरकारले  पुनर्वास (रिहाबिलिटेशन) र फिजियोथेरापी सेवा नि:शुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई पत्राचार गर्दै त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएको छ । 

‘उपरोक्त सम्बन्धमा यस मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८०–४–२२ को निर्णयानुसार त्यहाँ केन्द्रहरुबाट उपलब्ध (रिहाबिलिटेशन) सर्भिसेज–फिजियोथेरापी सेवा निःशुल्क रुपमा बिरामीहरुलाई मिति २०८० भाद्र १ गतेदेखि उपलब्ध गराउनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

त्यस्तै,  प्रदेशअन्तर्गतका १३ वटा सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा निःशुल्क गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ ।
 

टिप्पणीहरू