क्याबिनेट हेरफेरअघि माओवादी नेताहरु बालुवाटारमा
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक राखिएको हो । क्याबिनेट पुनर्गठनबारे छलफल भइरहेको भनिएको बैठकमा माओवादीबाट मन्त्री बनेकाहरूको पनि सहभागिता रहेको जनाइएको छ ।
जनमत पार्टीलाई सरकारमा सामेल गराउने सत्ता गठबन्धनमा निर्णय भएअनुसार प्रधानमन्त्री प्रचण्डले माओवादी कोटाका एक मन्त्रीलाई हटाएर क्याबिनेट हेरफेर गर्ने तयारी गर्नुभएको छ । त्यहि मेसोमा माओवादीको कोटाका अर्का एक मन्त्रीलाईसमेत फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।
पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको कार्य सम्पादनसँग प्रधानमन्त्री असन्तुष्ट रहेकाले उनीहरुलाई फिर्ता बोलाइने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।
टिप्पणीहरू