मध्यरातमा पाकिस्तानी संसद विघटन

मध्यरातमा पाकिस्तानी संसद विघटन
सुन्नुहोस्

पाकिस्तानको संसद गएराति विघटन भएको छ । कार्यकाल सकिन तीन दिनअघि राष्ट्रपति डा. अरिफ अल्बीले प्रधानमन्त्री शहबाज शरिफको सिफारिसमा संसदको तल्लो सदन नेसनल एसेम्बली विघटन गरेका हुन् ।

संसद विघटनसँगै प्रधानमन्त्री शहबाजको नेतृत्वमा रहेको सरकार कामचलाउमा परिणत भएको छ । उनले तीन दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नाम टुंगो लगाएर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्नेछ ।

आम निर्वाचनपछि गठन हुने नयाँ सरकारसम्म अब बन्ने काम चलाउ सरकारले राज्य सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । पाकिस्तानमा संसदको कार्यकाल स्वतः सकिएमा त्यसको ६० दिनभित्र र विघटन भएको अवस्थामा भने ९० दिनभित्र आमनिर्वाचन गराउनुपर्ने प्रावधान छ ।

यता पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने प्रतिबन्ध लगाइसकेको छ ।
 

टिप्पणीहरू