कांग्रेस मुख्यालयमा कार्यकर्ताको मारमुंग्री

कांग्रेस मुख्यालयमा कार्यकर्ताको मारमुंग्री

नेपाली कांग्रेसका भातृ संगठन नेविसंघका दुई खेमाबीच पार्टी मुख्यालयमै विवाद भएको छ । 

नेविसंघको केन्द्रीय कार्यसमिति विस्तारको विषयलाई लिएर संस्थापन र असन्तुष्ट समूहका कार्यकर्ता विवादमा उत्रिएका हुन् । दुबै समूह एकै पटक उत्रिएर नाराबाजी गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर जान नदिन पार्टी कार्यालय परिसरमा प्रहरी परिचालनसमेत गर्नुपरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनित गरेपछि विवाद शुरु भएको हो । सभापतिको उक्त निर्णयमा असन्तुष्ट रहेका संस्थापन इतर खेमाका विद्यार्थीहरुले आज दिउँसो सानेपामा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले संस्थापन पक्षविरुद्ध नारावाजी गरेका थिए। 

 असन्तुष्ट पक्ष समानान्तर समिति गठन र विद्रोहसहितको योजना लिएर पार्टी कार्यालय घेर्न पुगेपछि संस्थापन खेमाका कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएको बताइएको छ ।

टिप्पणीहरू