गण्डकीका जर्साबको के कुरा गर्नु ?

गण्डकीका जर्साबको के कुरा गर्नु ?

जर्नेलको घर त्यहीँ छ, जहाँ माओवादी मुख्यालय छ । अर्थात्, ‘पेरिसडाँडामा घर छ, मलाई केको डर छ ?’ भनेजस्तो मैमत्त भएका छन्, जर्नेल दिपक बानियाँ ।

अहिले पोखरास्थित पश्चिम पृतनापतिको जिम्मेवारीमा छन् । जागिरमात्र हैन, स्थायी बासिन्दा पनि ‘गण्डकी अञ्चले’ हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको शक्ति लगाएर पृतनापति खाएका ।  अहिले पर्वतमा आफ्नो निजी घर बनाइरहेका छन् ।  त्यहाँ सेनाका सिपाहीलाई काममा लगाइएको छ ।

यद्यपि, यसबारे अहिलेसम्म कतै उजुरबाजुर छैन । उनले क्याप्टेन हुँदैमा जन्ममिति सच्याएका कारण ढुक्क छन् । सच्याइएको मितिअनुसार २०२६ सालको जन्म उनी जति जति जागिरमा टिक्छन्, सेनाको तल्लो दर्जाका निम्ति त्यति त्यति नै दुःखका कथाहरु बाँकी रहन्छन् । 

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा रकम हिनामिना गरेको आरोप लागेको थियो । जुम्लामा २४ बाहिनीपति रहेका बेलाको त्यो काण्डबारे रिपोर्ट भएकोमा शक्तिकेन्द्र मिलाएर त्यो काण्ड त्यत्तिकै सेलायो । उनैले २–३ महिनाअघि पिपा भर्नामा पनि मनपरी गरेको देखिएको छ । बढीजसो गाउँठाउँ, ससुरालीतिरका आफन्तलाई भर्ना गरेका छन् ।

बेलाबखत आफ्नो हैसियतबाट झरेर हस्तक्षेप गर्दै काममा लाग्छन् । पोखरामा यति एयरको जहाज दुर्घटना हुँदा उद्धारका क्रममा सिडिओ, एसपीहरुको काममा हस्तक्षेप गरे । प्रधानमन्त्री पोखरा जाँदा स्वागतका क्रममा प्लेनसम्मै पुगिदिने । यस्तो अवस्थामा सिडिओ प्रधानमन्त्रीलाई स्वागत गर्न जाँदा उनीभन्दा माथिल्लो दर्जाको व्यक्ति भिआइपी कक्षमै प्रतीक्षामा बस्नुपर्छ । नगरकोटस्थित वार कलेज (सैनिक शिक्षालय) मा पनि बसे । उनका ज्यादतीका कथा नगरकोटमै अनगिन्ती छन् । 
 

टिप्पणीहरू