चिनियाँ विदेशमन्त्रीमा पुनः वाङ यी नियुक्त

चिनियाँ विदेशमन्त्रीमा पुनः वाङ यी नियुक्त

चीनले पूर्व विदेशमन्त्री वाङ यीलाई पुनः पुरानै जिम्मेवारी दिएको छ । गत डिसेम्बरमा नियुक्त छिन काङको स्थानमा वाङलाई पुनः विदेशमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ ।

छिन यसअघि अमेरिकाका लागि चिनियाँ राजदूत थिए । यसबारे चीन सरकारले औपचारिक रुपमा केही बताएको छैन ।

दुई साताअघि सम्पन्न दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको बैठकमा छिन अस्वस्थताको कारण उपस्थित हुन नसक्ने जनाइएको थियो ।

वाङ दोस्रो पटक विदेशमन्त्री बनेका हुन् । यसअघि उनी सन् २०१३ देखि २०२२ को डिसेम्बरसम्म उक्त जिम्मेवारीमा थिए ।

टिप्पणीहरू