सरकारी अस्पतालका सिटीस्क्यान मेशिन बिग्रेपछि निजीलाई भ्याइनभ्याइ

सरकारी अस्पतालका सिटीस्क्यान मेशिन बिग्रेपछि निजीलाई भ्याइनभ्याइ

भरतपुर अस्पतालमा सिटीस्क्यान सेवा बन्द भएको छ । मेशिनको सफ्टवेयर र हार्डवेयरमा समस्या देखिएपछि सेवा ठप्प भएको जनाइएको छ । 

गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने यो मेशिनको सेवा ठप्प भएपछि बिरामी मर्कामा परेका छन् । तर निजी क्षेत्रका अस्पतालमा सिटी स्क्यान गर्नेको भिड लागेको बताइन्छ ।

भरतपुर अस्पतालले मेशिन मर्मतका लागि सामान अर्डर गरिसकेको जानकारी दिएको छ । सामान आउनेबित्तिकै सेवा सञ्चालन गर्ने जनाइए पनि गम्भीर प्रकृतिका बिरामीले महँगोमा अन्यत्र उक्त सेवा लिनुपर्ने बाध्यता प्रायः आउने गरेको स्थानीयको भनाई छ । 

‘यस अस्पतालमा सञ्चालनमा रहेको सिटि स्क्यान मेशिनको सफ्टवेयर र हार्डवेयरमा समस्या देखिएकोले केही दिनदेखि उक्त सेवा बन्द रहेको, सामान अर्डर भइसकेको र आउने प्रक्रियामा रहेको कारणले केही दिन अरु सेवा सञ्चालन गर्न असमर्थ रहेको व्यहोरा सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । 

सेवा सुचारु हुनासाथ जानकारी गराउने उल्लेख गर्दै अस्पतालले असुविधाप्रति क्षमा मागेको छ । यसअघि अस्पतालको सिटि स्क्यानबाट दैनिक ४० देखि ५० जनाले सेवा लिँदै आएका थिए ।

टिप्पणीहरू