प्रधानमन्त्रीको जम्बो टोलीलाई बिदाई गर्न विमानस्थलमा भिआईपीहरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज साँझ इटाली प्रस्थान गर्नुभएको छ । राजधानी रोममा पर्सिदेखि मंगलबारसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली सम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
साँझ साढे ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै रोम प्रस्थान गरेको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल, प्रधानमन्त्रीकी छोरी तथा निजी सचिव गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् ।
टोलीलाई बिदाई गर्न विमानस्थलमा उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सचिवहरु, प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत ठूलो संख्यामा सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू