श्रीलंका र भारतबीच संयुक्त वक्तव्य जारी, रक्षा र ऊर्जामा सहकार्यको घोषणा

श्रीलंका र भारतबीच संयुक्त वक्तव्य जारी, रक्षा र ऊर्जामा सहकार्यको घोषणा

दुई दिने भारत भ्रमणमा आएका श्रीलंकाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि नयाँ दिल्लीमा संयुक्त वक्तव्य जारी गरिएको छ । दुवै मुलुकले सुरक्षा, ऊर्जा र परस्पर आर्थिक विकासमा आदानप्रदान गर्ने सहमति गरेको बताइएको छ । 

वक्तव्य जारीपछि श्रीलंकाली राष्ट्रपति रनिल विक्रेमासिंघेले भनेका छन्, ‘समग्र हिन्द महासागरीय क्षेत्रको साझा चासोलाई सम्बोधन गर्न दुवै मुलुक सहमत भएका छन् ।’ भारत र श्रीलंकाले जल, वायु, ऊर्जा र जनस्तरमा रहेको सम्बन्धलाई थप मजबुत बनाउन आज गरिएको सहमति कोशेढुंगा हुने बताएका छन् । 

राष्ट्रपति विक्रेमासिंघे र प्रधानमन्त्री मोदीबीचको वार्तामा दुई मुलुकबीच विद्युतीय प्रशारण लाइनको विस्तार, ऊर्जा व्यापारमा पाइपलाइनको सम्भाव्यता अध्ययन, दुई मुलुकबीच समुद्रमा बनाउन सकिने लामो पुलको अध्ययन, उडान विस्तार र दुई मुलुकबीच व्यावसायिक जल यातायात सञ्चालन गर्ने सम्बन्धमा लगभग निर्णय भएको बताइएको छ ।

टिप्पणीहरू