खाध्य सम्मेलननिम्ति प्रधानमन्त्री रोमतिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी आइतबार इटालीको राजधानी रोम जाने हुनुभएको छ । आज बिहान बालुवाटारमा बसेको बैठकमा उक्त भ्रमणबारे विस्तृत जानकारी गराइएको थियो ।

प्रधानमन्त्री राष्ट्रसँघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेशन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन जान लाग्नुभएको हो । आगामी सोमबारदेखि तीन दिनसम्म हुने सम्मेलनमा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समितिमा डा. रवि मल्ललाई सदस्यमा नियुक्त गरेको छ ।

टिप्पणीहरू