देउवाले अस्वीकार गरेको रुपान्तरण अभियानको प्रतिवेदन केन्द्रीय कार्यालयमा
नेपाली काँग्रेस रूपान्तरण अभियानले आफ्नो प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्न अस्वीकार गरेपछि कार्यालयमा दर्ता गराइएको हो ।
केन्द्रीय कार्यसमितिको बैठक शुरु हुनुअघि प्रतिवेदन बुझाइएको छ । अभियानका सदस्यहरुले पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता गराएका हुन् ।
काँग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले काँग्रेस रूपान्तरण अभियान चलाएको थिए । संस्थापन इतर खेमाका नेताहरुको बर्चस्व रहेको अभियानले देशैभर भेला, बैठक र प्रशिक्षण कार्यक्रम चलाएको थियो ।
टिप्पणीहरू