बिरामीलाई बिहानैदेखि उपचार गर्न खोजेपछि चिकित्सकहरु रुष्ट

बिरामीलाई बिहानैदेखि उपचार गर्न खोजेपछि चिकित्सकहरु रुष्ट

भोलिदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि सुचारु हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को असार २२ गतेको निर्णयानुसार भोलिबाट बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो । 

उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले न्याम्सले समय थप गरेको जनाएको छ । तर, अस्पतालका केही चिकित्सक र कर्मचारीले उक्त निर्णयप्रति आपत्ति जनाएका छन् । न्याम्सका प्राध्यापकहरुको संस्था ‘फ्याकल्टी डाक्टर्स एशोसिएशन’ ले सो निर्णयप्रति असहमति जनाएको हो । 

क्लिनिकल कक्षाहरु बिहान ८ बजेदेखि नै शुरु हुने भएकाले सो समयमा ओपीडी सञ्चालन गर्न नमिल्ने एशोसिएशनको भनाई छ । यसअघि अस्पतालको ओपिडी सेवा ९ बजेदेखि सञ्चालन हुँदै आएको थियो । तर, चिकित्सकहरु ढिला आइदिँदा बिरामी मर्कामा पर्ने गरेका थिए । अस्पतालमा दैनिक साढे दुई हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

टिप्पणीहरू