डाक्टरहरुले धम्काएको स्वास्थ्यमन्त्रीको खुलासा

डाक्टरहरुले धम्काएको स्वास्थ्यमन्त्रीको खुलासा

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा आफूलाई धम्की आएको बताउनुभएको छ । 

आज राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले काजमा रहेका डाक्टरलाई दरबन्दीअनुसार व्यवस्थापन गर्दा सचिवालयमा धम्की आउने गरेको बताउनुभएको हो । दरबन्दीभन्दा बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट यस्तो धम्की आउने गरेको समेत मन्त्री बस्नेतको भनाई छ । 

बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरमा बस्न चाहनेले दरबन्दी रहेको स्थानमा पठाए आत्महत्या गर्छु भनेर ब्ल्याकमेल गरेको दाबी गर्दै उहाँले त्यस्ता डाक्टरलाई ‘मर्ने भए मेरो कोठमै मर्नु’ भनेर जवाफ दिन आफूले सचिवहरुलाई भनेको पनि जानकारी दिनुभयो । 

दरबन्दीअनुसारका डाक्टरहरू व्यवस्थापन गरेर छाड्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।


 

टिप्पणीहरू