एमालेलाई अध्यक्षको आग्रह- प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं

एमालेलाई अध्यक्षको आग्रह- प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको छ । बुधबारदेखि राष्ट्रियसभा बैठक चल्न नदिएको एमालेले आज पनि अवरोध जारी राख्यो । 

एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै उठेर बिरोध जनाएपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरुले नमानेपछि बैठक स्थगित गर्नुपरेको हो । 

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन पटक-पटक आग्रह गरे । तर, एमाले सांसदहरुले मानेनन् । उनीहरुले उठेर बैठक अवरुद्ध गरिरहे । त्यसपछि अध्यक्षले आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे । 

आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोधमा एमाले प्रतिनिधिसभामा पनि अवरोध गरिरहेको छ ।

टिप्पणीहरू