दीप बस्नेत भागेर दिल्लीतिर

दीप बस्नेत भागेर दिल्लीतिर

ललिता निवास प्रकरणमा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, उनी फरार छन् । यो घटना त्यस्तै भयो, जस्तो राजा महेन्द्रले २०१७ साल पुस १ गतेको कालोकाण्ड घटाउनुअगाडि तत्कालीन अर्थमन्त्री सुवर्णसमशेर राणा उपचारको निहुँमा भारततिर लागेर जोगिएका थिए । अहिले उनकै पुख्र्यौली जमिन, अर्थात् बालुवाटारको ललिता निवासको मुद्दामा पक्राउ पर्ने पूर्व सूचना पाएर दीप बस्न्यात असारको १२ गते दिल्लीतर्फ गैदिए । प्रहरीले ३ दिनपछि बल्ल १५ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरायो ।

एयर इण्डियाको उडान नम्बर २१४ मा बिजनेश क्लासको टिकट काटेर उनी उपचार गराउने भन्दै त्यसदिन बिहान १० बजे राहदानी नम्बर १०७३४५१४ बोकी दिल्लीतिर लागेका हुन् । गम्भीर मुद्दामा पक्राउ पुर्जीसमेत जारी भइसकेको हुँदा उनका सामु फर्केर आत्मसमर्पण गर्ने या प्रहरीले इन्टरपोलमार्फत् समातेर ल्याउनेबाहेक विकल्प छैन । उता, यस्तै अर्का भिआइपी पनि आर्थिक अनियमिततामा नराम्ररी मुछिएपछि भागेर बेलायतमा लुकी बसेको पाइएको छ । अफ्रिकी मुलुक बोत्स्वानाका निम्ति नेपालस्थित अवैतनिक महावाणिज्यदूत भरत महर्जन ६ महिनाअघि लण्डन पुगेका थिए । 

उता, ललितपुरको पुल्चोकस्थित सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जन १० अर्ब तल–माथि गरेर बेलायत भागेपछि परराष्ट्रमा उनलाई अब के गर्ने भन्नेबारे छलफल चलिरहेको छ । उनले ललितपुरस्थित धापाखेलको सुमेरु अस्पताल, पुल्चोकको सुमेरु सिटी अस्पताल, सातदोबाटोको एशियन कलेज, शंकरापुर एकेडेमीसहित सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेञ्ज, टुर एण्ड ट्राभल्ससहितका कम्पनी डुबाएर भागेका हुन् । कोही व्यक्ति कुनै देशको वाणिज्यदूत भएपछि उसले आफू स्टेशनमा रहे, नरहेको जानकारी सम्बन्धित देशको सरोकारवाला मन्त्रालयलाई दिनुपर्छ । भरत मात्रै त्यस्तो केही नभनी भाग्ने पात्र हुन् ।
 

टिप्पणीहरू