मानसरोबरमा भारतीय मूलका अमेरिकी बिमार, कोहलपुर ल्याएर थालियो उपचार

मानसरोबरमा भारतीय मूलका अमेरिकी बिमार, कोहलपुर ल्याएर थालियो उपचार

चीनको तिब्बतस्थित मानसरोबर दर्शन गर्न गएका भारतीय मूलका दुई जना अमेरिकी बिरामी परेका छन् । कोमला बाई दर्मार्ला र बैंकटा जयश्री चिन्तालापुदी अचानक बिरामी परेपछि सिमकोटबाट हेलिकोप्टरमा नेपालगञ्ज ल्याइएको छ ।  

केरुङ नाका हुँदै स्थलमार्गबाट त्यता गएका उनीहरुलाई हिजो दिउँसो सिमकोटबाट डाइनास्टीको हेलिकोप्टरमा कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको थियो । टोलीमा रहेका तीन पुरुष र एक महिलालाई डाइनास्टी र माउन्टेन हेलिकोप्टरमा दुई दुई जनाको दरले ल्याइएको हो ।

बिरामी अमेरिकीको हिजो साँझदेखि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू