प्रधानमन्त्री दशैं अगाडि चीन जाने !

प्रधानमन्त्री दशैं अगाडि चीन जाने !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर महिनामा उत्तरी छिमेकी चीनको भ्रमण गर्ने हुनुभएको छ । 

प्रधानमन्त्री चीन जानेबारे परराष्ट्रमन्त्री एनपी साउदले खुलासा गर्नुभएको हो । प्रेस युनियन कैलालीको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरका लागि तय भएको जानकारी दिनुभयो । 

तर, प्रधानमन्त्रीको चीन भ्रमणबारे उहाँको सचिवालय र चिनियाँ पक्षले भने हालसम्म कुनैपनि जानकारी सार्वजनिक गरेका छैनन् ।
 

टिप्पणीहरू