स्वर्गझैँ मनमोहक सडकमा साइक्लिङ

स्वर्गझैँ मनमोहक सडकमा साइक्लिङ भिडियो : सिन्ह्वा

चीनको हाङचौ शहरमा १९ औं एसियाली खेलकुदको आयोजना गरिँदैछ । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने खेलको लागि तयारी पूरा भइसकेको छ ।

तीन महिनापछि आयोजना हुने प्रतियोगिताअघि त्यहाँको मनमोहक सडकमा साइक्लिङ भइरहेको छ । विशेषगरी छिङताओ ताल र वरपरको हरियालीले भरिएको सडकमा साइक्लिङ  भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार साइक्लिङमा भाग लिएकाहरुले स्वर्गीय आनन्दको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष हुनुपर्ने यो प्रतियोगिता कोभिड १९ महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । बेइजिङ र ग्वाङझौपछि हाङचौ एसियाली खेलकुद आयोजना गर्ने चीनको तेस्रो शहर हुँदैछ । बेइजिङमा सन् १९९० र ग्वाङझौमा सन् २०१० मा एसियाली खेलकुद भएको थियो ।

टिप्पणीहरू