विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  

विशेष अदालतले विभिन्न मितिमा गरेका फैसलामध्ये दुईवटामा आयोगले पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता भोला दाहालले सरकारी सार्वजनिक सम्पत्ति हानि नोक्सनी र गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए । 

झूठा बिल भरपाई बनाई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध दायर भएको मुद्दामा विशेष अदालतको गत माघ २५ गतेको फैसलाले सफाई दिएको थियो । 

त्यस्तै, गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएका चिरञ्जिवी थापासहित दुई जना;लाई विशेषले गत फागुन २३ गते क्लिनचिट' दिएको थियो । ति दुवै फैसलामा आयोगको असन्तुष्टी छ ।

टिप्पणीहरू