नेपाल बैंकले कर्मचारी माग्यो

नेपाल बैंकले कर्मचारी माग्यो

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको छ । सहायक प्रबन्धकसहित विभिन्न पदमा ८९ जना कर्मचारी भर्न गर्न बैंकले आज आवेदन मागेको हो । 

आज सूचना प्रकाशित गर्दै बैंकको मानव स्रोत व्यवस्थापन विभागले छैठौं तहको सहायक प्रबन्धकसहित चौथौं तहको सहायक आवश्यक परेको जनाएको छ । यी पदमा लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गरिने विभागको भनाई छ । 

योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकलाई आजदेखि असार २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनिएको छ । 

त्यस्तै, दोब्बर दस्तुतर तिरेर असार २७ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू