दक्षिण कोरियामा पनि नेपाली ई–पासपोर्टको तयारी

दक्षिण कोरियामा पनि नेपाली ई–पासपोर्टको तयारी

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई–पासपोर्ट) को आवेदन खुला गर्ने भएको छ । दूतावासले आगामी आइतबारदेखि ई–पासपोर्टका लागि आवेदन खुला गर्न आवश्यक तयारी पूरा भएको जनाएको छ ।

दूतावासले ई–पासपोर्टको निम्ति अनलाइन फाराम भर्नुुपर्ने र नेपाली बुबाआमाको कोरियामा जन्मिएका सन्तान, हालको राहदानी हराएको वा चोरी भएको, राहदानी बिग्रिएको र पूरानो ‘एमआरपी’ हुनेहरुले नवीकरणका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । 

राहदानीका लागि विभिन्न चार उपशीर्षकमा रहेका विवरण भर्नुपर्ने हुन्छ । त्यसमा नागरिकताको दुबै भाग, हालको राहदानीको अगाडि र पछाडिको पृष्ठ तथा ‘एलियन कार्ड’ लगायत अन्य सान्दर्भिक कागजात (बुँदा नम्बर ६ बमोजिम) छुट्टाछुट्टै स्क्यान गरी आवेदनसँगै अपलोड गर्नुपर्ने छ । 

समय बुक गरेर सो दिन बिहान १० देखि अपरान्ह २ बजेसम्म बारकोडसहितको फाराम लिएर सिओलस्थित दूतावासमा आवेदन दिन सक्ने जनाइएको छ । त्यस्तै, राहदानी हराएकाको हकमा स्थानीय प्रहरीबाट जारी भएको प्रहरी प्रतिवेदनको कपी आवश्यक पर्नेछ । 

साना बालबालिकाको राहदानीका लागि बुबाआमाको नागरिकताको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, एलियन कार्ड, बच्चाको जन्मदर्ता प्रमाणपत्रको सक्कल र राहदानी नवीकरणको हकमा नाबालक परिचयपत्र बुझाउनुपर्ने दूतावासले जनाएको छ । साथै, पूरानो पासपोर्टको एक वर्षभन्दा कम म्याद बाँकी रहेकाले पनि ई–पासपोर्टका लागि आवेदन दिन सक्नेछन् ।

टिप्पणीहरू